तपाईँ सुन्दै हुनुहुन्छः

कोरियामा निको हुनुभयो १०४ वर्षीया कोरोना संक्रमित


उल सउल-  दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि  पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट शुक्रबार डिस्चार्ज हुनुभएको हो ।

उहाँ दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुनुहुन्छ  ।

सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उहाँलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो ।

उहाँलाई शुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो ।  स्वास्थ्यकर्मीको मेहनतका साथ उपचारका कारण उहाँ ठीक हुनुभयो ।

चोईको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो । उहाँको नवौँ पटकबाट कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आयो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको अनुमति दिएको हो ।

डिस्चार्जका समयमा पुष्पगुच्छासहित उहाँलाई सम्मान गरिएको थियो । उहाँले पनि उपचारमा संलग्न सबैलाई धन्यवाद दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button