तपाईँ सुन्दै हुनुहुन्छः

हिँडडुल गरे वा भेला भए कारबाही गरिने

काठमाडाैँ। पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अब गल्लीहरूमा हिँडडुल गर्ने वा जम्मा हुनेलाई पनि प्रहरीले पक्राउ गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज एक सूचना जारी गरी गल्लीहरूमा जम्मा नहन आग्रह गरेको र जम्मा भएको वा हिँडडुल गरेको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने जनाइएको छ ।
संघसंस्थाको हकमा सम्बन्धित निकाय वा सो नभएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट निलो रङकाे पास जारी गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button