तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन उल्लघंन गर्नेलाई कोरोना कक्षा

सुनसरीे । सुनसरीको इनरुवामा लकडाउनको उल्लंघन गरी घर बाहिर निस्कनेलाई कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिएको छ ।

इनरुवाका एक सय भन्दा बढीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिएर छाडिएको छ ।

प्रहरीले इनरुवा नगरपालिका भित्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको विहानको समयमा मर्निङ वाकमा निस्कने देखि सरसामान किन्न बजार निस्केका उनीहरु सबैलाई प्रहरीले केहिबेर अघि छाडेको छ ।

विहानको समयमा पक्राउ गरी छाडिएकाहरुलाई प्रहरीले सचेतना कक्षामा सहभागी गराएर आइन्दा लकडाउन उल्लंघन नगर्ने शर्तमा छाडेको नियन्त्रणमा लिइएकाहरुको नामावली संकलन गरी छाडेको प्रहरीले पूनः लकडाउन उल्लंघन गरेको पाइए कानुन बमोजिम कार्वाहीको प्रकृयामा लैजाने जिल्ला प्रहरी कार्यालय सुनसरीका नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button