तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीबाट नीति तथा कार्यक्रम प्रस्तुत (फोटो फिचर )

काठमाडौं  -राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

यसअघि राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको थियो ।

संविधान बमोजिम हरेक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।

राष्ट्रपति भण्डारीबाट नीति तथा कार्यक्रम प्रस्तुत(फोटोफिचर ):

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा सहभागी हुँदै ।
प्रतिनिधि–सभा र राष्ट्रिय–सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सांसद ।
सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुतका लागि संसद भवन नयाँबानेश्वरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी । साथमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार सरकारको नीति तथा कार्यक्रममा सहभागी हुने क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा सेनाबाट सलामी ।
प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संसद भवनमा सरकारको नीति तथा कार्यक्रम समारोहमा शुक्रबार सहभागी हुने क्रममा तापक्रम परीक्षण गरिँदै ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको शुक्रबार बसेको संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे धारणा व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि शीतलनिवास फिर्ता हुँदै ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको शुक्रबार बसेको संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे धारणा व्यक्त गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको शुक्रबार बसेको संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे धारणा व्यक्त गर्दै समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको शुक्रबार बसेको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमपछि बसेको प्रतिनिधिसभाको बैठकको अध्यक्षता ग्रहण गर्नुहुँदै सभामुख अग्निप्रसाद सापकोटा ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको शुक्रबार बसेको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमपछि बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा सरकारको नीति तथा कार्यक्रम समारोहमा शुक्रबार सहभागी हुने क्रममा तापक्रम परीक्षण गरिँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सरकारको नीति तथा कार्यक्रममा सहभागी हुन नयाँ बानेश्वरस्थित संसद् भवनमा गाडीबाट प्रवेश गर्दै ।

तस्बिर : रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button