तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन उल्लंघन गर्दै सीमामा पुगेका ३ जनाविरुद्ध मुद्दा दर्ता

कैलाली । कैलालीमा लकडाउन उल्लंघन गर्दै नेपाल–भारत सीमामा पुगेका ३ जना विरुद्ध मुद्दा चलाइएको छ ।

हिजो बिहान करिब ३ बजे भजनी नगरपालिका ५ कौवाखेडा स्थित डाक्टर घाटमा पुगेका घोडाघोडी नगरपालिका १ सुखडका हिक्मत बहादुर शाही, रबिन शाही र बर्दगोरिया गाउपालिका ४ मुडा बजारका लाल बहादुर बिकलाई पक्राउ गरी उनीहरु विरुद्ध मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

उनीहरुलाई शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) भजनीले ४० हजार भारतीय रुपैयाँ, सु.प.प्र. ०१ ००८ प १३६० र बा ६६ प ८८४८ नम्बरको दुई थान मोटरसाइकल सहित फेला पारी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो ।

उनीहरुलाई सार्वजनिक स्वास्थ्य हित विरुद्धको कसुरमा कैलाली प्रहरीले मुद्दा चलाएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button