तपाईँ सुन्दै हुनुहुन्छः

ठोरी गाउँपालीकाद्वारा सिमा क्षेत्रमा काँडे तारबार

बीरगञ्ज । भारतले नेपालका विभिन्न स्थानमा सिमा अतिक्रमण गरीरहेको घटना सार्वजनिक हुदै गर्दा पर्साको ठोरी गाउँपालीकाले भने सिमा क्षेत्रमा काँडे तारबार लगाएको छ ।

नेपाली भुमीमा काँडे तारवार लगाउदा समेत बेला बेलामा भारतले बखेडा झिकेर बन्द गराउदा स्थानीय तथा जनप्रतिनिधि पीडित भएका छन् । पर्साको सदरमुकाम वीरगञ्ज देखी पश्चिमी तर्फ लगभग ६७ किलोमिटरको दुरीमा रहेको छ ।

ठोरी गाउँपालीको वडा नं. ३ को राम नगर बुद्ध नगर र ब्रहम नगरको भारतीय सिमा संग जोडिएको क्षेत्रमा दश गजा छोडेर साँढे ४ किलो मिटर काँडे तारबार लगाइएको वडा नं. ३ का वडा अध्यक्ष सुर्य बहादुर लामाले बताउनु भयो ।

२०७४ साल देखी सिमा क्षेत्रमा अतिक्रमण र जगंली जनावरको प्रक्रोपलाई नियन्त्रण गर्न तारबार लगाउने कार्य सुरु भएकोमा बिगत दुई साता अगाडि भारतीय बन गस्ति टोली आएर तारबार निर्माणमा रोक लगाएको लामाले बताउनु भयो ।

उहाँले आफुले अन्तराष्ट्रिय कानुन अनुसार नेपाली जनताको हितमा काम गरेको र यसलाई रोक्न खोज्नेसँग आफुहरु लड्न तयार रहेको चेतावनी समेत दिनुभयो ।

अहिले तारबार निर्माण गर्ने काम रोकिएपछि सुचारुका लागी नेपाल तथा भारतको माथिल्लो निकाय सम्म काम गर्ने वातावरण मिलाउन पहल भईरहेको लामाले बताउनु भयो ।

यसैबीच, ठोरीलाई सदरमुकारम वीरगञ्ज जोड्न ठुटे खोला मा ३ बर्ष अघि पुल निर्माण सम्पन्न भएपनि भारतीय पक्षको अवरोधका कारण स्थानिय बासिन्दा पुलबाट ओहोर दोहोर गर्न बञ्चित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button