तपाईँ सुन्दै हुनुहुन्छः

सोनापुर सिमेन्टद्धार खाद्यान्न सहयोग

तुलसीपुर । सोनापुर सिमेन्ट प्रालि दुधरास दाङले तुलसीपुर फुड बैंकमा ५५ सय किलो चामल सहयोग गरेको छ । प्रालिका जिएम हरि पाठकले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेको तुलसीपुर मेयरको सचिवालय प्रमुख मानबहादुर रावतले जानकारी दिए ।

कोरोना महामारीको समयमा कोहि पनि भोकले मर्न नपरोस भन्ने उद्देश्यले सोनापुर प्रालिले उक्त खाद्यन्न उपलब्ध गराएको हो ।

यसैबीच, उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ठूलो परिमणम खाद्यान्न उपलब्ध गराउने प्रालिलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button