तपाईँ सुन्दै हुनुहुन्छः

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ५८ पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार विहान थप ९ जनामा कोरोना संक्रमित भेटिएको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । याे सँगै नेपालमा संक्रमितकाे संख्या २ सय ५८ पुगेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरेको परीक्षणबाट उनीहरूमा कोरोना पुष्टि भएको हो । संक्रमित सबै १८ देखि ३७ वर्षका पुरूष छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button