तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा रेल चलेपछि प्रदेश नंं २ को सीमा क्षेत्रमा झनैे चुनौति बढ्यो


जनकपुरधाम । भारत सरकारले गत मंगलवारबाट केही मात्रामा रेल सेवा सञ्चालनमा ल्याएपछि प्रदेश नंं २ का जिल्लाहरुमा अझै जोखिम बढेको छ ।

सीमा क्षेत्रमा कडाईका साथ लक डाउन गरिए पनि सीमाना खुुल्ला भएकाले रोजगारीका लागि भारत पुगेका प्रदेश २ का मजदूरहरु रेलको प्रयोग गरेर रातको समयमा नेपाल छिर्ने खतरा रहेको छ ।

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईए पनि सीमा जोडिएको विभिन्न ठाउँ फूलवारी, नदि, खेत तथा गोरेटो बाटो प्रयोग गरेर लुकी छिपी आउने खतरा झनै बढेर गएको प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जानकारी गराई सकिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भएको छ ।

प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशको सवै जिल्लाहरुमा तीन सय व्यक्ति अटाउन क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको र यसका लागि गृहकार्य अगाडी बढाईएको बताउनु भयो ।

यसैबीच प्रदेश २ मा तीव्रगतिमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै धनुषा जिल्लाको शहिदनगर नगरपालिकाको कार्यालयको सम्पूर्ण कामकाज आज देखि बन्द गरिएको छ ।

जारी रहेको लकडाउनमा कडाई गर्न तथा मान्छेबाट मान्छेमा सर्ने कोरोनाको संक्रमण रोक्नका लागि नगपालिकाको स्वास्थ्य शाखा बाहेक सवै कामकाज बन्द गरिएको नगर प्रमुख उदय बरबरीया यादवले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button