तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्नु पर्छः उद्योग मन्त्री

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाले उत्पन्न गरेको चुनौतीलाई अवसरको रुपमा पनि प्रयोग गर्न सक्नु पर्ने बताउनु भएको छ ।

राष्ट्रिय व्यवसायिक पहलले कोभिड १९ का लागि श्रमिक कामदारहरुले कार्यस्थलमा अवलम्बन गर्नु पर्ने आधारभूत व्यवसायिक पूर्वतयारी एवं सञ्चालन नामक पुस्तक विमोचन गर्दै मन्त्री भट्टले विदेशबाट फर्किएर आएकाहरूलाई कृषि पेशामा आर्कषण गर्न सकिन्छ भनेर सरकारले पहल अघि बढाउको बताउनुभयो ।

मन्त्री भट्टले अन्तर मन्त्रालयहरूको समन्वय गरी कसरी सुरक्षा अपनाउन सकिन्छ र उद्योग व्यवसाय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकारको ध्यान आकर्षण भएको बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवले श्रमिक कामदारको जोखिम न्यूनीकरण गरी उद्योग व्यवसाय सञ्चालनमा ल्याउन सके यसले उत्पादन तथा रोजगारी सूचारु भई आम जनजीवन सामान्य अवस्थातर्फ अघि बढ्ने भएको विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवले बन्दाबन्दीले दैनिक ज्यालादारी मजदुर एवं गरी खाने श्रमीकहरूलाई अत्यन्त ठूलो असर परेको बताउनुभयो ।

पुस्तक वारे संक्षिप्त जानकारी दिंदै पहलका अध्यक्ष कुशकुमार जोशीले पुस्तकले सुझाएका विषय वस्तुलाई सरोकारवाला पक्षले ईमान्दारिताका साथ अवलम्वन गर्न सके राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभयो ।

त्यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालका निर्देशक रिचार्ड होवाडले पहल संगको सहकार्यमा अत्यन्त उपयोगी पुस्तक तयार भएकोमा खुशी व्यक्त गर्दै विश्वव्यापी संकटको अवस्थामा उत्पादन तथा रोजगारी अभिवृद्धि र त्यस क्षेत्रमा सकारात्मक परिवर्तनको अपेक्षा गरेको वताउनुभयो ।

पहलका निवर्तमान अध्यक्ष एवं उद्यमी पद्य ज्योतीले मुलुकको संकटपूर्ण अवस्थमा समाजका सबै पक्षले आ आफ्नो जिम्मेवारी वहन गर्नु पर्ने बताउँदै पुस्तकले औद्योगिक व्यवसायिक वातावरण पुर्ननिर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button