तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासनले जारी गरेका पास खारेज

काठमाडौं। गृह मन्त्रालयले यस अघि जिल्ला प्रशासन कार्यालयहरूबाट जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ । साथै यस अघि तोकिएका नियमक निकायबाट जारी भएका पासलाई मात्र मान्यता दिने भएको छ ।
गृहमा बिहीबार बसेको बैठकले सो निर्णय गरेको कुरा गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । उहाँ उपत्यका भित्र सम्बन्धित मन्त्रालय र तोकिएका नियमक निकाय र उपत्यका बाहिर जिल्लाका हकमा पनि सम्बन्धित निकाय जारी गरेको भए सोही अनुसार हुने सो नभए जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी गरिने स्पष्ट गर्नुभयो ।
उहाँले अत्यावश्यक सेवाका सावारी साधनका हकमा पास आवश्यक नहुने र पत्रकारहरुका लागि सूचना विभागले जारी गरेको प्रेसपास बाटै सवारी साधन चलाउन पाउने व्यबस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button