तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मेलम्ची । सिन्धुपाल्चोकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो लिसखुँपाखर गाउँपालिका–१ चोचे डाँडास्थित भित्रि सडकखण्डमा मुडेबाट ब्यासतर्फ आलु अनलोड गरि आउँदै गर्दा बा५ख २४१६ नम्बरको मिनीट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक माधब प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा सोही ठाउँ निवासी ३८ बर्षीय कृष्णबिर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

मिनीट्रकको पछाडी बसेका तामाङ ट्रकबाट खसेर टायरमा टाउको परेकाले घटनास्थलमा नै ज्यान गएको प्रहरी नायव उपरिक्षक काफ्लेले जानकारी दिनुभयो ।

सवारी साधन र चालकलाइ प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मेलम्ची नगरपालिकाले आवतजावतमा थप कडाइ
मेलम्ची नगरपालिकाले आवत जावतमा थप कडाइ गरेको छ ।

आजै मात्र लुम्बिनीबाट आएका एक जनालाइ क्वारेन्टाइनमा राखिएको छ । उनलाइ लिएर पाँचपोखरी थाङ्पाल गाउँपालिका जान लागेका बाइक चालक र उनलाइ खाल्डेखोला प्रहरीले नियन्त्रण्मा लिएको इलाका प्रहरी कार्र्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

चालकलाई भने होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।
बाइकको माध्यमले मानिसहरु ओसार प्रसार गर्नेलाइ निगरानी गरी यस्तो गतिविधिलाई बन्द गरिने मेलम्ची नगर उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।

अहिले मेलम्ची क्षेत्रीय क्वारेन्टाइनमा आठ जना रहेको उपप्रमुख नेपालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button