तपाईँ सुन्दै हुनुहुन्छः

इलाम अस्पतालको आइसलेसनमा उपचाररत दुई जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

इलाम । इलाम अस्पतालको आइसुलेसनमा उपचाररत दुई जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

केही दिन अघि बिदेशबाट आएका फाकफोकथुम गाउँपालिका–२ बस्ने ३७ बर्षका पुर्णबहादुर तामाङ र बर्ष ३५ कि शान्तिदेबि तामाङको गत मंगलबार स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्रभु शाह बताउनु भएको छ ।

उनीहरु इलाम अस्पतालको आईसुलेसन वाडमा उपचाररत छ्न । कोरोना संक्रमणको आशंकामा उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button