तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा कोरोना सङ्क्रमण पुष्टि भएकी युवतीको साथीको रिपोर्ट नेगेटिभ

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका सुनसरीको झुम्काकी २५ वर्षीय युवतीको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालको आइसुलेसन वार्डमा राखी स्वाब परिक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले जानकारी दिनुभयो ।

यसबाट केही सहज महसुु भए पनि सङ्क्रमित युवतीको साथीलाई २१ दिन क्वारेन्टाइनमा राखिने र उनको एक हप्ताभित्र पुनःस्वाब परीक्षण गरिने डा.गौतमले बताउनुभयो ।

सङ्क्रमित युवती सुनसरीबाट आएर नयाँ थिमीमा डेरा गरी बस्ने साथीकोमा आएर बसेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button