तपाईँ सुन्दै हुनुहुन्छः

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं ।  नेपालमा छ वर्षिया बालिका सहित सातजना नयाँ सङ्क्रमित थपिएका छन् ।
यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित कोरोना भाइरसबाटहरूको सङ्ख्या २ सय ५० पुगेको छ ।

काठमाडौंको चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षिया बालिकामा सङ्क्रमण देखिएको बताइएको छ ।

त्यस्तै सर्लाही ४५ वर्षिय पुरुष, धनुषाका ४० वर्षिय पुरुष र २० वर्षिय महिला, महोत्तरीका १६ र ३५ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको हो ।

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button