तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुमा शिक्षक र कर्मचारीलाई आकर्षक सुविधा

मेलम्ची । हेलम्बु गाउँपालिकाले यहाँका एक शिक्षकलाई उपचार खर्च दिएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार बुधबार सरस्वती मा.वि. ग्याल्थुमका नि.मा.वि. अस्थाई दरबन्दीमा कार्यरत शिक्षक शिक्षक किसोर कुमार भट्टलाई ५१ हजार ४ सय २१ रुपैयाँ प्रदान गरिएको छ । पित्त थैलिको अप्रेसनको बिल अनुसार रकम उपलब्ध गराइएको शिक्षा प्राविधिक विश्वनाथ भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकामा कार्यरत शिक्षकहरुको प्रत्येक महिनाको तलबबाट रु १०० र गउँपालिकाको तर्फबाट रु १०० थपेर गाउँपालिको शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोष खडा गरेको छ । सोही कोषबाट शिक्षक भट्टलाई रकम उपलब्ध गराएका भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले शिक्षक कर्मचारी स्वास्थ्य सुरक्षा कोषको संयोजक गाउँपालिका अध्यक्ष र सदस्य सचिवमा शिक्षा अधिकृत रहने गरि ७ सदस्यीय समिति गठन गरेको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button