तपाईँ सुन्दै हुनुहुन्छः

थप २४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं । बुधबार साँझ नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आजै यसअघि दुई जनामा संक्रमण देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

रुपन्देहीमा १२, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा एक जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् ।

संक्रमण देखिएकाहरुमा रुपन्देहीका २२,२२,२५,२८,३०,३२,३२,३३ र ४१ वर्षका पुरुषहरु ४,१०,२८ वर्षीया महिला छन् । त्यसैगरी कपिलवस्तुका २२,२९,३२,४०,४०,४०,४२,४२ वर्षीय पुरुष, पर्सा निवासी ३६ र ७४ वर्षीय पुरुष,३६ वर्षीया महिला र नवलपरासीका ३६ वर्षीय पुरुष छन ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button