तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा एक हजार दुई सय ६३ जनाको ‘स्वाब’ परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

जुम्ला । जुम्लामा हालसम्म करिब एक हजार दुई सय ६३ जनाको स्वाब पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

विभिन्न चरणमा स्वाब संकलन गरी काठमाडौं, सुर्खेत पठाइएको र हालै जुम्लामा एकै पटक आठ सय ४९ जनाको स्वाब संकलन गरी परिक्षण गरिएको सहित तथ्याङ्क अनुसार एक हजार दुई सय ६४ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

जसमा सोमबार मात्रै चन्दननाथ नगरपालिका ५८, पातारासी गाउँपालिका ७०, तातोपानीमा एक सय ५०, तिलामा ७०, हिमामा ३७, कनकासुन्दरीमा दुई सय, गुठीचौरमा ९५ र सिंजा गाउँपालिका दुई सय नौ जना गरी आठ सय ४९ जनाको स्वाब संकलन गरिएको अस्पताल निर्देशक डा.रावलले जानकारी दिनुभयो ।

एक हजार दुई सय ६३ स्वाब मध्ये तीन सय २४ जनाको स्वाब गत चैतको अन्तिम साता परिक्षणका लागि काठमाडाँै पठाइएको थियोे ।

त्यस्तै १६ जनाको स्वाब परिक्षणका लागि सुर्खेत पठाइएको थियो । भने, प्रतिष्ठानमा किट आइसकेपछि तीन चरणमा पिसिआर परिक्षण गरिएका ७६ जना र सोमबार स्वाब संकलनगरी परिक्षण गरिएका आठ सय ४७ जनाको गरी एक हजार दुई सय ६४ जनाको पिसिआर गरिएको सबै रिपोर्ट नेगेटिभ आएको हो ।

स्वाब सङ्कलनकै जस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले उही गतिमा स्वाब परिक्षण गरी एकैदिनमा सकाएर सबैको रिपोर्ट नेगेटिभ आएको खबर सार्वजानिक गरेका हुन् ।

जुम्लामा खुल्छ त लकडाउन ?
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पिसिआर परिक्षणको नतिजा पश्चता कर्णालीमा लकडाउन खोल्ने वा बन्द गर्ने निर्णय गरिने बताउनु भएको थियो ।

उहाँले लकडाउन खोल्नकै लागि १० वटै जिल्लाका सात सय १८ वडाबाट १० जनाका दरले स्वाब संकलन गर्ने र जहाँ सङ्क्रमित देखिन्छ त्यहा शिल गर्ने सङ्क्रमण नभेटिएको जिल्ला पालिकामा लकडाउन खोल्ने बताउनुभएको हो ।

अन्य जिल्लामा स्वाब संकलनकै काम जारी रहँदा जुम्लामा पिसिआर परिक्षणनै सकिएको छ । अब के लकडाउन खुल्छ वा खुल्दैन् ? धेरैको चासोको विषय हो ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे भन्न्ुहुन्छ ,“जुम्लाको अवस्था नियन्त्रण हुदैँमा लकडाउन खोल्ने अवस्था रहँदैन । कोरोनाबाट जुम्ला मात्रै बचेर हुदैन्, हाम्रो अभियान समग्र कर्णालीलाई नै कोरोनामुक्त बनाउने हो । तत्तकाल लकडाउनमा कुनै फेरबदल गर्ने अवस्था छैन् ।”

लकडाउनन अवधिमा खाद्यन्न बोकेर आएका चालकहरुको स्वास्थ्य चेकजाँचमा कडाई गर्न सुर्खेत, दैलेख, कालिकोट प्रजिअसँग नियमित छलफल भइरहेको समेत प्रजिअ बञ्जाडेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button