तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी

फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक बर्ष २०७७/०७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहेको छ ।

आजको बैठकको छलफलमा सांसदहरुले आगामी बजेट मार्फत कोरानो विरुद्धमा प्रभावकारी ढङ्गले लड्ने योजना र कार्यक्रम आउनु पर्नेमा जोड दिनु भएको छ ।

उहाँहरुले बजेटले कोरोना विरुद्ध लडनका लागि सरकारले देशका विभिन्न भागमा सेवा र सुविधा सहितका कार्यक्रमहरु र पूर्वाधारहरु निर्माणमा जोड दिनु पर्नेमा जोड दिनुभयो ।

उहाँहरुले नेपालको मिचिएको सीमाको समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्ने गरी भारतसंग पहल गर्नु पर्ने, कोरोनाको महामारी विरुद्ध लडनका लागि स्वस्थ सामाग्री तथा आवश्यक पूर्वाधार निर्माणमा बजेटले जोड दिनु पर्ने बताउनुभयो ।

छलफलमा भाग लिदै सांसद मनकुमारी जिसीले कोरोनाको विरुद्ध लडन सरकारलाई सफलता मिलोस भन्दै यस अभियानमा सबै जनताको पनि साथ हुनु पर्ने बताउनुभयो ।

उहाँले मुलुक अप्ठयारोमा रहेको बेला छिमेकी मुलुकले नेपालको सीमा मिचेर सडक बनाउने काम गरेकाले त्यसलाई रेक्न पहल गर्नु पर्ने, कृषि क्षेत्रको विकासका लागि स्थानीय उत्पादन र उपयोगमा जोड दिनु पर्ने र शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी निर्माणमा जोड दिनु पर्नेमा जोड दिनुभयो ।

सांसद सितादेवी यादवले कारेरोनाबाट जनताको सुरक्षामा जोड दिनु पर्दछ भन्दै सामाग्री प्रयाप्तताको अभावमा परिक्षण हुन नसकेकोले पिसिआर प्रविधिबाट गरिने कोरोनाको परिक्षणलाई व्यापाक बनाउन आवश्यक भएकोमा जोड दिनुभयो ।

उहाँले आगामी बजेट स्वास्थमा बढी केन्द्रित हुनु पर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कने व्यवस्था गर्नु पर्ने, पुरक बजेट ल्याएर भए पनि कारोना नियन्त्रणमा जोड दिनु पर्ने तथा कृषि र रोजगारीलाई पा्रथमिकता दिनु पर्ने बताउनुभयो ।

सांसद लक्ष्मणलाल कर्णले आगामी बजेटको प्राथमिकता कोरेना विरुद्धको लडाईमा केन्दित हुनु पर्नेमा जोड दिनुभयो ।

कारोनाबाट विदेशमा मृत्युवरण गर्ने नेपालीहरु प्रति समवेदना व्यक्त गर्दै विदेशमा रहेका र समस्यामा रहेका नेपालीहरुलाई अविलम्ब नेपाल ल्याउने व्यवस्था गर्नु पर्ने र प्रदेश २ का लागि अहिलेको अवस्थामा छुट्टै कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।

सांसद विमलप्रसाद श्रीवास्तवले मुलुकमा विदेशबाट तरकारी ल्याएको छ तर जिल्लाका किसानहरुले उत्पादन गरेको तरकारी शहरी क्षेत्रमा ल्याउन नसकिएकोले बजेट त्यस तर्फ केन्द्रित हुनु पर्ने, कोरोनाको लागि सरकारले राम्रो पूर्वाधार निर्माणमा गर्नु पर्ने कृषि, स्वास्थ्य, क्वारेन्टाइनको लागि आवश्यक बजेट तर्जूृमा हुनु पर्ने सुझाव दिनुभयो ।

सासंद भैरव बहादुर सिंहले नेपालको सीमा भारतले निरन्तर मिच्ने गरेकोले जङ्गे पिलरसहित नेपाल भारत सीमामा काँढेतार लगाउनु पर्ने र सीमामा सेनाले सुरक्षा दिनु पर्नेमा जोड दिनुभयो ।
छलफल जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button