तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा दुई जना कोरोना भाइरस सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु

भक्तपुर । कोरोना सङ्क्रमण पुष्टि भएसँगै प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ ।

कोरोना सङ्क्रमित महिला बसेको शंखधरचोकस्थित बस्तीमा आज प्रहरीले सिल गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले करिब २० घर रहेको उक्त बस्तीलाई शिल गरेर नेपाल प्रहरीके सुरक्षा गस्ती खटाईएको जानकारी दिनुभयो । सिल गरेको बस्तीमा कसैलाई आउन र जान दिएको छैन ।

भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोकसम्म मानिसहरुलाई हिडडुलमा रोक लगाइएको छ ।

सङ्क्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी सङ्क्रमित शसस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ ।बस्तीभन्दा अलि पर रहेकाले एक घरलाई मात्रै सिल गरि शसस्त्र प्रहरीले सुरक्षा दिइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँको परिवारको पनि स्वाब संकलन र परीक्षणका लागि आजै टेकु अस्पताल पठाएको छ ।

भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा यहाँ आएर बसेकी थिइन् । प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्रि पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाइएको छ ।

सङ्क्रमित भेटिएका दुबै घरका मानिस र आसपासका समेतलाई निगरानीमा राखिएको छ ।

दुबैको परिवार र सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

अहिले सङ्क्रमित दुवै जनाको यात्रा विवरण संकलन गर्ने र उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button