तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी बोेकेको एम्बुलेन्स दुर्घटना, ४ जना घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुरमा सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट चार दिने सुत्केरी बोकेर राप्तीसोनारीतर्फ गइरहेको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स आज कोहलपुर नगरपालिकाको वडा नम्बर १२ स्थित रोहिणी खोलामा सडकदेखि झण्डै सय मिटर तल खसको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा सवार राप्तीसोनारी १ की सुत्केरी प्रमिला परियारका श्रीमान विनोद परियार, सासु सिता दमाई, राप्तीसोनारीको वडा नम्बर ४ का एम्बुलेन्स चालक गोपाल बुढा र एम्बुलेन्स धनी वडा नम्बर ४ कै मिनराज खड्का घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घाइतेहरुको मडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सुत्केरी आमा र ४ दिनकी छोरीलाई भने चोट नलागेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button