तपाईँ सुन्दै हुनुहुन्छः

कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान

अछाम । अछाम जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिकाले जिल्ला कारागारमा रहेका ४९ जना पुरुष, १२ जना महिला, १ जना आश्रित बालबालिका सहित ६२ जनालाई कोरोनाभाईरसको संक्रमण तथा जोखिमबाट बच्नका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

बिश्वब्यापी रुपमै फैलिरहेको कोरोना भाईरस (कोभिड( १९) लाई समयमै रोकथाम तथा वचन सतर्कता अपनाउन आग्रह गर्दै गाउँपालिका अध्यक्ष झंकर साउदले स्वास्थ्य सामाग्री जिल्ला कारागारका प्रमुख जेलर प्रमोद प्रसाद बागलाई हस्तान्तरण गर्नु भएको हो ।

सामाग्रीहरुमा ३ सय पीस मास्क, ३ सय पीस गोल्ब्स, सेनिटाईजर, साबुन लगायतका रहेका छन् । जिल्ला कारागारमा रहेका ६२ जनालाई सबै स्थानिय तहले आ आफ्नो तर्फबाट गर्ने सहयोग गरेको बारे प्रतिबद्धता अनुसार सहयोग गरेको अध्यक्ष साउदले बताउनु भयो ।

जिल्लाका अन्य गाउँपालिकाले पनि कैदीबन्दीलाई अध्ययन, खेलकुद, मनोरञ्जन लगायतका सामग्री प्रदान गर्ने जिम्मेवारी लिएका छन् । रामारोशन गाउँपालिकाले स्वास्थ्य सामग्री प्रदान गर्ने जिम्मा लिए अनुसार मास्क, सेनिटाईजर र गोल्ब्स लगायतका सामग्री प्रदान गरिएको बताउनु भयो ।

आगामी दिनमा अझैँ खानेपानिका लागि आवश्यक सामाग्रीको अभाब रहेकाले उपलब्ध गराउनुका साथै कैदि बन्दिलाई स्वास्थ्य चेकजाच गर्ने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट समेत उपलब्ध गराईने अध्यक्ष साउँदले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button