तपाईँ सुन्दै हुनुहुन्छः

मानसिक सन्तुलन गुमाएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

सर्लाही । सर्लाही यतिबेला कोरोना सक्रमणको उच्च जोखिममा छ । सर्लाहीमा हालसम्म दुई जनामा कोरोना सक्रमण पुष्टि भएको छ । मंगलवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पिसिआर प्रविधि परिक्षणमा सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. ३ धनकौलका ४५ वर्षिय एक मानसिक सन्तुलन गुमाएका व्यक्तिमा कोरोना भाईरस सक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण देखिएका ति पुरुषको जनकपुर बाट नै स्वाब संकलन गरी प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर प्रविधिमा स्वाब परिक्षण गरिएको थियो । प्रादेशिक अस्पतालमा ति व्यक्तिको कोरोना संक्रमण नेगेटिभ आएको थियो । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमार्डौ पठाउँदा कोरोना सक्रमण पोजेटिभ देखिएको प्रजिअ जिसीले बताउनुभयो ।

कोरोना संक्रमण पुष्टि भए लगतै संक्रमित व्यक्तिको परिवारमा रहेका पाँच जनालाई क्वारेन्टाईनमा राखिएको र उनिहरुको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर जाँचको लागि पठाइने प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो ।
सर्लाहीमा नयाँ संक्रमित व्यक्तिको मानसिक सन्तुलन बिग्रिएकोले एक ठाउँबाट अर्को ठाउँमा आउने जाने कार्य गरेको हुदाँ कतै बाट संक्रमित भएको अनुमान गरिएको धनकौलका स्थानियहरुको अनुमान छ ।

त्यस्तै केही दिन पहिला धनकौल गाउँपालिकामा पनि दिल्लिबाट आएका एक १४ वर्षिय बालकमा कोरोना सक्रमण देखिएको थियो ।
संक्रमित बालक निको भएर घर समेत फर्किसकेका छन् । दुई जना कोरोना संक्रमित भेटिएसँगै सँगै सर्लाहीवासी यतिबेला त्रसित समेत भएका छन् । जिल्लालाई लकडाउन गरिए पनि स्थानियहरु लकडाउन अवज्ञा गर्दै सर्लाहीका हाट, बजार लगाउने र बजार लगाउँदा पनि समाजिक दुरीको ख्यालै नगरी बजारमा भिडभाड गरिरहेको भेटिन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button