तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १ सय २६ स्वाबको रिपोर्ट नेगेटिभ

नेपालगञ्ज । बाँकेमा थप १ सय २६ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परिक्षण गरिएका नेपालगञ्जको जयसपुरबाट सोमबार संकलित ८२ र खजुरा गाउँपालिकाको खजुरा प्राथमिक स्वास्थ्य केन्द्रबाट संकलन गरिएका १४ स्वाबको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

आइतबार कोहलपुरबाट संकलित ३० स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । शनिवार नेपालगञ्जको टाँगा स्टेशन क्षेत्रबाट संकलित १ सय ६२ स्वाबको रिपोर्ट भने अझैं आएको छैन ।

ती १ सय ६२ स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा परिक्षण भइरहेको छ । आज पनि थप ५ वटा स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button