तपाईँ सुन्दै हुनुहुन्छः

थप १७ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २०८ पुग्याे

काठमाडौं । मंगलबार एकै दिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आज दिउँसो ५७ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि देखिएका ५७ सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button