तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कपिलवस्तु । कपिलवस्तुमा एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको छ । उनको परिचय गोप्य राखिएको छ ।

मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जनामा कोरोना संक्रमितहरुको पुष्टि गरेसंगै एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको हो ।

जिल्लामा देखिएका ८ संक्रमित मध्ये ती स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड फोकल व्यक्ति कुमार थापाले जानकारी दिनुभयो ।

कपिलवस्तु नगरपालिकामा स्वास्थ्य संस्थामा काम गरिरहनुभएका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपनि उहाँको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button