तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीले विद्यालय र स्वास्थ्य चौकीको छाना उडायो

सल्यान । सल्यानमा पानीसँगै आएको हावाहुरीले एक विद्यालय र स्वास्थ्य चौकीको छाना उडाएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवन र १२ न वडाको स्वास्थ्य चौकीको छाना हावाले उडाएको हो ।

स्वास्थ्य चौकीको जस्तापाता हावाले उडाउँदा स्वास्थ्य परीक्षणमा समस्या भएको निगालचुला स्वास्थ्य चौकी इन्चार्ज कमल ओलीले बताउनुभयो । उहाँले उडाएको जस्तापाता कर्मचारीले नै सामान्य मर्मत गरे चौकी भित्र पानी पस्नबाट बचाए पनि अर्को हावाहुरी तथा पानी आएका समस्या हुने बताउनुभयो ।

हावाहुरीले क्षति पुर्याएको एकिन तथ्यांक निकाल्ने काम भइरहेको नगर उपमेयर मञ्जु यरीले बताउनुभयो ।

तरकारीमा क्षति
यस्तै हावाहुरीसँगै आएको पानीले लाखौंको तरकारीमा क्षति पुर्याएको छ ।

व्यवसायिक तरकारी खेतीका लागि निमार्ण गरिएका प्लाष्टिक घर हावाले उडाउँदा टनेलमा लगाएको तरकारी नष्ट भएको कुमाख गाउँपालिका–३ रागेचौरका किसान धन बहादुर हमालले बताउनुभयो ।

हावाहुरीले आफ्नो ५० हजार बराबरको क्षति भएको उहाँको भनाई छ । व्यवसायिक तरकारी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाउदै आइरहेका किसान बढी मारमा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन रोपनीमा लगाएको आपँ र पाँच रोपनी बढीमा लगाएको तरकारी पूर्णमा नष्ट भएको छ ।’

बारीमा लगाएको टमाटर, सिमी, काक्रा र बोडीमा क्षति पुगेको कुमाख गाउँपालिका–२ का किसान काँसीराम रावतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button