तपाईँ सुन्दै हुनुहुन्छः

स्टोरमा आगलागी हुँदा ६ लाख मूल्य बराबरको क्षति

बारा । बाराको करैयामाई गाउँपालिकाको टेन्ट स्टोरमा आज बिहान तार सर्ट भई आगलागि हुँदा मोटरसाईल , बाख्रा र टेन्ट सामग्रीहरु जलेर नष्ट भएको छ ।

करैयामाई गाउँपालिका वडा नं.७ पिपरामा बिहान करिब २ बजेर ३० मिनेटमा अमन टेन्ट एण्ड साउन्ड सर्भिसमा तार सर्ट भई आगलागी भएको थियो ।

आगलागिबाट एक वटा मोटरसाईकल, पाँच वटा बाख्रा , वटा साईकल ,७० थान कुर्सी र अन्य टेन्ट हाउस सामग्री नष्ट भएको छ ।

आगलागिबाट करिब ६ लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाहरुले घर नजिकै रहेको पोखरीको पानीले आगो निभाएका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button