तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस : विश्वभर २ लाख ८६ हजारको मृत्यु, ४१ लाख ७१ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरस महामारिका कारण विश्वभर झन्डै २ लाख ८५ हजार ७ सयको जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ७१ हजार नाघेको छ । उपचार पछि १४ लाख ५५ हजार ५ सय भन्दा बढी निको भएका छन् ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार कोराना भाइरसका कारण ८० हजार ३ सय ५२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म ९३ लाख ८२ हजार २ सय ३५ जनामा कोरोना परीक्षण गर्दा १३ लाख ४६ लाख ७ सय २३ जनामा कोरोना पुष्टि भएको छ ।

वेलायतमा कोरोना संक्रमणबाट ३२ हजार १ सय ४१ जनाको ज्यान गएको छ । यसैगरी, भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ७ सय ६८ पुग्दा २ हजार २ सय ९४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button