तपाईँ सुन्दै हुनुहुन्छः

अभियानमा २४३ लाई सेवा उपलब्ध

काठमाडौँ । लकडाउनका कारण कपाल काट्ने सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियानमा विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ लाई सेवा उपलब्ध गराइएको छ ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको समन्वयमा यही वैशाख १७ गतेदेखि सोही परिसरबाट शुरु भएको उक्त कार्यक्रम लकडाउन अवधिभर जारी रहने बताइएको छ । संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले लकडाउनका कारण सैलुन बन्द भएपछि सञ्चारकर्मीले कपाल काट्न नपाएको खबर पाएपछि सञ्चार गृहका साथीहरुको अनुरोधमा कार्यालयमै गई कपाल काटेर सहयोग गर्ने अभियान शुरु गरेको बताउनुभयो ।

लकडाउनले अति आवश्यक सेवा क्षेत्र सामान्य सावधानीपूर्वक खुल्ला गरिएको छ भने सैलुनलगायत अन्य क्षेत्रलाई बन्द गरिएकाले त्यसको प्रभाव परेको छ । मिडिया मिसन अनलाइनका कार्यकारी सम्पादक रामहरि बस्नेतले अहिले कोभिड–१९ का त्रासका अवस्थामा समाचार सङ्कलन गर्न अग्रस्थानमा क्रियाशील पत्रकारको स्वास्थ्य बीमा, सुरक्षाका लागि कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button