तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्य भएको छ । लालबन्दी नगरपालिका वडा नं. १ नवलपुरमा बिधुतिय करेन्ट लागेर सोहि वडा बस्ने कृष्ण बहादुर गोलेको ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहान श्रीमती र एक आफन्त सँग घर नजिकै रहेको नन्देश्वर सामुदायिक वन क्षेत्रमा दाउराको जोहो गर्न गएका गोलेले रुखको सुकेको हाँगा बाँसको लठी लगाएर भाँच्ने क्रममा रुखको हांगा ३३ केभी हाईटेक पावरका बिद्युत प्रसारण लाईनको तारमा पर्न गएर करेन्ट लाग्दा गोलेको ज्यान गएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

गोले करेन्ट लागि अचेत भए पछि उपचारको लागि नमुना अस्पताल हरिवनमा पुर्याउदा गोले लाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक गोलेको शव मलंगवा अस्पतालमा परिक्षण पश्चात परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button