तपाईँ सुन्दै हुनुहुन्छः

भोलीदेखि शेयर बजारको कारोबार खुल्ला हुने

भोली बैशाख ३० गतेदेखि नेपाली शेयरबजारको कारोबार खुल्ला हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले भोलीदेखि धितोपत्र बजार खुल्ला गर्ने निर्णय गर्दै नेपाल स्टक एक्सचेन्जलाई कारेबार संचालन गर्न निर्देशन दिएको छ ।

बोर्डले आइतबारदेखि नेप्से, सिडियस,मर्चेन्ट बैकर, डिपि र बोर्करका कार्यालयहरु खोल्ने र बैशाख ३० गते मंगलबारबाट धितोपत्रको दोस्रो बजारमा शेयरको किनबेच सम्बन्धी कारोबार संचालन गर्ने नर्णय गरेको हो ।

निर्णय अनुसार धितोपत्रको दोस्रो बजार कारोबार दैनिक २ घण्टा (विहान ११ बजेदेखि १ बजेसम्म) सञ्चालन हुनेछ ।

प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने सहमती समेत भएको छ ।

धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपिएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आईपिएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावणदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ ।

लगानीकर्तालाई मेरो शेयर खाता खोली सोही खाताबाट अनिवार्य रुपमा ईडिआई एस मार्फत राफसाफ गर्ने व्यवस्था गर्ने र २०७७ आषाढ मसान्तसम्म मेरो शेयर को नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालय मार्फत राफसाफको व्यवस्था मिलाउने समेत निर्णय भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

सहमती अनुसार नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने,२०७७ आषाढसम्म आलाइनबाट कारोबार गर्ने लगानीकर्ताहरुसँग पासवर्ड र युजर आईडि प्राप्त गर्न ग्राहकसँग कुनै शुल्क नलिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button