तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : सीमा अतिक्रमण र कोरोना सङ्क्रमणबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कोरोना रोगको संक्रमण बढेसँगै छिमेकी मुलुक भारतसँगै विभिन्न देशहरुमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसदहरुले कोरोना संक्रमण नियन्त्रणमा सरकारले गरिरहेको काम प्रशंसनीय भएको भन्दै सिमा नाकामा अझै कडाई गर्नु पर्ने बताउनुभयो ।

सरकारले सिमानामा नेपाली नागरिक समेत भित्रन रोके पनि उचित व्यवस्थापन र चेतना जगाउन नसक्दा जथाभावी लुकीछिपी नेपाल भित्रने क्रम बढेकाले तराई, तराई मधेसमा कोरोनाको सङ्क्रमण बढेको सांसदहरुले बताउनुभयो ।

करोना जाँच गर्ने किट अभाव हुदा परीक्षण रोकिएको विषयमा समेत सांसदहरले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै सांसदहरुले लिपुलेकमा नेपालको भुमी मिचेर भारतले सडक निर्माण गरी सञ्चालनमा ल्याएको विषयमा कुटनीतिक रुपमा छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपालको सहमति बिना भारत र चीनले एकलौटी रुपमा दुईपक्षीय सम्झौता गरेर सडक निर्माण गरेको विषयलाई अन्तराष्ट्रिय करण गर्नु पर्ने समेत सांसदहरुले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button