तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा असहजता महसुस गरिएपछि भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना हुनुभएको छ । उहाँ आइतबार राति नौ बजे राजधानी नयाँ दिल्लीस्थित ऐम्स अस्पतालमा भर्ना हुनुभएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्व प्रधानमन्त्री सिंहलाई अस्पतालको हृदय रोग विभागमा राखेर उपचार गरिएको छ । प्रारम्भिक जाँचमा ८७ वर्षीय सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । डा. नितिश नाइक नेतृत्वको टोली पूर्वप्रधानमन्त्री सिंहको उपचारमा संलग्न हुनुहुन्छ । छातीमा दर्दसँगै स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको हो ।
अर्थविद् डा. सिंह सन् २००३ पछि लगातार दुईपटक भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button