कोरोना भाइरसबाट हालसम्म २ लाख ८२ हजार ५ सयको मृत्यु
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार ५ सय नाघेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्रै झन्डै ८० हजार हजारले ज्यान गएको छ भने संक्रमितको संख्या १३ लाख २९ हजार नाघेको छ ।
यसैगरी छिमेकी मुलुक भारतमा कोरोना भाइरसकाका कारण ले २ हजार २ सय १२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ६७ हजार नाघेको छ ।
यसैबीच, लकडाउन खुकुलो पारेका मुलुकहरुमा कोरोना भाइरस संक्रमण पुनः बढेको अन्तराष्ट्रिय सञ्चार माध्यम अल्जजिराले जनाएको छ ।
जर्मनी, इरानमा, दक्षिण कोरिया लगायतका मुलुकमामा लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसको संक्रमण बढेको खबर छ ।
कोरोना भाइरस संक्रमितको संख्या र संक्रमणबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढेसँगै वेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले जुन १ सम्म वेलायतमा लकडाउन रहने बताउनु भएको छ ।
कोरोना भइरस संक्रमणका कारण बेलायतमा झन्डै ३२ हजारले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्