तपाईँ सुन्दै हुनुहुन्छः

रोजीरोटी गुमाएकालाई स्थानीय स्तरमै रोजगारीको अवसर

मेलम्ची । विश्वभर फैलिएको कोरोना भाईरस (कोभीड–१९) को संक्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनका कारण रोजगारी गुमाएका वडाबासीलाई आफ्नै ठाँउमा रोजगार बनाउने नीति सिन्धुपाल्चोकको बलेफी गाँउपालिका – ८ ले बनाएको छ । बलेफी – ८ ले एक घर एक रोजगारीको अवधारणा बनाएको जनाएको छ ।

सरकारले आह्वान गरेको लकडाउन पालना गर्ने क्रममा सबै वडाबासी गाँउ फर्केको बेला श्रम गरेका सबैलाई स्थानीय विकास तथा ब्यवसायमा संम्लग्न गराउने काम सुरु गरिएको वडा अध्यक्ष चरीवहादुर तामाङले जानकारी दिनुभयो ।

लकडाउनका कारण कतिपयको रोजिरोटी गुमेको उल्लेख गर्दै तामाङले आफ्नै ठाँउमा रोजगारी सिर्जना गर्ने बताउनुभयो । ‘गाँउका दक्ष तथा अर्धदक्ष जनशक्तिलाई स्थानीय विकासको काममा अवसर दिईनेछ,’ अध्यक्ष तामाङले भन्नुभयो, ‘व्यक्तिगत तथा सामुहिक कृषि कर्ममा लागेका स्थानीयलाई सहायताको कार्यक्रम तय गरिएको छ ।’ उहाँले एक घर एक रोजगारको अवधारणाले तत्काल सार्थकता पाउने गरि काम अगाडी बढेको जानकारि दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button