तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

धनुषा जिल्लाको धनौजी गाँउपालिका ३ स्थित कटैया चोकबाट बैशाख २७ गते एपीएफ टोलीले  २० बोतल एक्जीप्लोन नामक लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिथिला नगरपालिका ६ बस्ने ३६ वर्षिय शेर सिंह तामाङ, ३६ वर्षिय सिताराम यादव र २८ वर्षिय श्रीप्रसाद महतो रहेका छन् ।

बा १३ च १२९५ नम्वरको गाडीमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button