तपाईँ सुन्दै हुनुहुन्छः

अस्पताल र स्वास्थ्य चौकीहरुलाई पीपीई प्रदान

बर्दिवास । बर्दिवास नगरपालिका स्थित बर्दिवास अस्पताल र स्वास्थ्य चौकीहरुलाई यूवाहरुले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोक्न सघाउने व्यक्तिगत सुरक्षा सामग्री (फेस सिल्ड) प्रदान गरेको छ ।

बर्दिवास काठमाडौं यूवा सम्पर्क मञ्चले बर्दिवास अस्पताल र सात वटा स्वास्थ्य चौकीलाई ४० थान व्यक्तिगत सुरक्षा सामग्री(फेस सिल्ड) स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बर्दिवास काठमाडौं यूवा सम्पर्क मञ्चका अध्यक्ष आशिष पोखरेलले जानकारी दिनुभयो ।

मञ्चले बर्दिवास अस्पतालका प्रमुख डा.बिद्यानन्द झा र नगरपालिकाका स्वास्थ्य शाखाका सदस्य रामबावु साहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्यकर्मीहरु अग्रस्थानमा रहेर काम गर्ने भएको हुँदा यस्तो महामारीको बेला स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिन भन्दै मञ्चले स्वास्थ्य सामग्री प्रदान गरेको अध्यक्ष पोखरेलले बताउनुभयो । मञ्चले नगरपत्रकार सञ्जाल बर्दिवासलाई पाँच थान र ईलाका प्रहरी कार्यालयलाई १० थान (फेस सिल्ड) प्रदान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button