तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री पोखरेलद्वारा कोभिड– एनपी एप्सको शुभारम्भ

अच्युत अर्याल । कोभिड–१९ संकट, व्यवस्थापन सञ्चालन केन्द्र CCMC ले सम्भावित बिरामीहरुको पहिचान गरी समयमा नै दु्रत स्वास्थ्य परामर्श लगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले कोभिड– NP Apps (एप्स) सञ्चालनमा ल्याएको छ ।

उप प्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि छाउनीमा स्थापना गरिएको CCMC मा आज आयोजित कार्यक्रममा एप्सको शुभारम्भ गर्नुभएको हो ।

त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यतर्फ सवैको इमान्दार प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोभिड–१९ सम्वन्धी जानकारी र सूचना एकिकृत रुपमा प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले तयार गरिएको एप्सको दुरुपयोग नहोस् भन्नेमा सतर्क हुन आवश्यक रहेको बताउनुभयो ।

मोवाइलमा डाउनलोड गरी प्रयोग गर्न सकिने सो एप्सबाट कोभिड–१९ रोगको लक्ष्यण, संक्रमणबाट जोगिन अपनाउनु पर्ने सर्तकता, स्वास्थ्य परीक्षण लगायतका विषयमा विस्तृत जानकारी प्राप्त हुने छ ।

प्रयोग गर्ने व्यक्तिहरुलाई सोधिएको प्रश्नहरुको आधारमा प्राप्त उत्तरको मूल्याङ्कन गरी प्रयोग कर्तालाई ग्रीन, एलो र रेड  गरी ३ श्रेणीमा बिभाजन गरी आवश्यकता अनुसार पत्ता लगाउन सक्ने व्यवस्था एप्समा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button