तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरमा २२ करोडको लागतमा एकीकरण स्मृति उधानको शिलान्यास

बीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको एकिकरणमा हिमाल पहाड तराईका सबै वर्ग र समुदायको योगदान र भूमिका रहेको कुरामा जोड दिनु भएको छ ।

नेपाली सेनाको वाराको जितपुरमा रहेको श्री नम्बर २८ बाहिनी अड्डामा नेपाली सेनाको इतिहास प्रबद्र्धनमा सहयोग पुर्याउदै राष्ट्रिय एकतालाई टेवा पुर्याउन तथा नेपालको एकीकरण अभियानमा मधेसबासी नेपालीहरुको योगदान झल्काउने गरी निर्माण गर्न लागिएको एकीकरण स्मृति उधानको आज एक समारोहका विच मुख्यमन्त्री राउतले शिलान्यास गर्नु हुदै नेपालको एकिकरणमा मधेशी जनताको भूमिका पार्क निर्माण पछि जनता विचमा जाने दाबी समेत गर्नु भयो ।

उहाँले नेपाली सेनाले हिमाल पहाड तराई जोडने भावनाका साथ पार्क निर्माण गर्न लागेको हुँदा प्रदेश सरकारले यसमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

मुख्यमन्त्री राउतले सेनाद्वारा निर्मित एकिकरण स्मृति उधान प्रदेशको लागि उदाहरणीय पार्कको रुपमा रहने दाबी समेत गर्नु भयो ।

२२ करोडको लागतमा नेपाली सेनाद्वारा २ विगाहा २ कठ्ठा २ धुर क्षेत्रमा निर्माण गर्न लागिएको ऐतिहासिक पार्कका लागि चालु आर्थिक बर्षमा ७ करोड रुपैयाँ बजेट विनियोजन भई सकेको र जसमध्ये ५ करोड नेपाली सेनाको र २ करोड प्रदेश सरकारको रहेको श्री नम्बर २८ बाहिनी अड्डा जितपुरका बाहिनीपति एवं सहायक रथी अनुप जंग थापाले जानकारी दिनुभयो ।

उहाँले सो पार्कमा प्रदेश नम्बर २ का ८ वटै जिल्लाका ऐतिहासिक वस्तुहरुको संग्रालय सहितको प्रदर्शनी हल समेत निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा कोरोना संक्रमणलाई दृष्टिगत गर्दै सामाजिक दुरी कायम गरिएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, प्रदेश नम्बर २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेल लगायतको सहभागी रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button