तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को कोभिड अस्पतालमा स्वास्थ्य सेवा नियमित

जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालको हाता बाहिर भएको नर्सिग क्याम्पसमा कोभिड २ लेभलको अस्पताल सञ्चालन भएपनि अस्पतालको अन्य सबै प्रकारको नियमित स्वास्थ्य सेवा साविकै ठाउँवाट जारी रहेको छ ।

केही व्यक्तिले प्रादेशिक अस्पतालले अन्य नियमित स्वास्थ्य सेवा नदिने किसिमको भ्रम सृजना गर्ने कामकाज गरेको भन्दै अस्पतालका मेडिक सुपरिटेण्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले नियमित सेवा र कोभिड १९ को अस्पतालको भवन तथा ठाउँ नै फरक भएको बताउदै दुवै सेवा जारी रहने जानकारी दिनु भयो ।

दुवै ठाउँमा कामकाज गर्ने चिकित्सक सहितको टिमको व्यवस्था पनि फरक फरक गरेका कारणले नियमित सेवामा कुनै असर नपार्ने मेसु डा. यादवले जानकारी दिदै आज पनि नियमित सेवा दिने कामकाज भएको बताउनु भयो ।

प्रादेशिक अस्पतालको कोभिड १९ अस्पतालमा अत्याधुनिक शल्यक्रिया सहितको ८ वटा आई सि यु वेड, भेन्टिलेटर, मोनिटर तथा कोभिड पोजेटिभ बिरामीवाट अन्य कुनै व्यक्ति, चिकित्सक तथा स्वास्थ्य कर्मीमा संक्रमण नफेलियोस् त्यसका लागि विषेश सतर्कता अपनाउने कामकाज भएको जानकारी पनि मेसुले गराउनु भयो ।

आज सम्ममा कोभिड अस्पतालमा एक जना पनि पोजेटिभ बिरामी नभएपनि बिरामी कोभिड अस्पतालमा संक्रमण नियन्त्रणका लागि सबै प्रकारको सुरक्षा व्यवस्था गरिएको कोभिड अस्पतालका फोकल पर्सन डा. जामुन सिंहले जानकारी दिनुभयो ।

कोभिड १९ बिरामीका लागि नुहाउने, लुगा धुने तथा बिरामीले प्रयोग गरेका सामानहरुको निर्मलीकरणका लागि पूर्ण प्रबन्ध गरिएको र संक्रमण कतै पनि नफैलियोस् त्यसका लागि पूर्ण स्वास्थ्य सरक्षा सावधानीका लागि ध्यानमा दिईएको कोभिड अस्पतालका फोकल पर्सन डा. सिंहले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button