तपाईँ सुन्दै हुनुहुन्छः

सीमा समस्या समाधान गर्ने अवसरः मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले खुल्ला सीमाको समस्या उजागर बनेको बेला नेपाललाई सीमा समस्या समाधान गर्ने अवसर भएको बताउनु भएको छ ।

उहाँले लकडाउनको बेला सीमा समस्या उजागर भएकै अवसर पारेर सबै ऐक्यवद्धता भई समाधानको पहल गर्न सकिने बताउनु भएको हो ।

सीमा समस्याका विषयमा आज आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले लिपुलेक कालापानीमा भारतले मानसरोबर जाने बाटो निर्माण गर्दै सडकको उद्घाटन गरिसकेको समाचार आइरहँदा, पार्टीको आधिकारी धारणा सार्वजनिक नभएपनि मुख्यमन्त्री पोखरेलको यस्तो भनाइ आएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button