तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ५६ जनाको रिपोर्ट नेगेटिभ

नेपालगन्ज । बाँकेमा थप ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । विहिबार संकलन गरिएका ५६ स्वाबको भेरी अस्पताल नेपालगन्जमा आज पिसिआर विधिबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

नेपालगन्जको विपी चोक क्षेत्रबाट ३०, खजुरा गाउँपालिकाको सोनपुरबाट १७, खजुरा क्यान्सर अस्पताल १ र नेपालगन्ज मेडिकल कलेजबाट संकलित ८ गरेर ५६ स्वाबको रिपोर्टमा कोरोना नदेखिएको हो । आज पनि एक्लैनीको जामा मस्जिद र टांगा स्टेशन क्षेत्रबाट स्वाब संकलन भइरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

बैशाख १९ गते पहिलोपटक नेपालगन्जको वडा नम्बर ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि वडा नम्बर ८ जोल्हनपुर्वाका थप २३ जनामा कोरोना देखिएको थियो । नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button