तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भद्रपुर, झापा । झापामा हिजो साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार झापा कमल गाँउपालिका–५ पाडाजुँगीस्थित राजमार्गमा पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५४०१ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ६८ प ९७७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाम चुलाचुली–४ का ३१ वर्षीय रणबहादुर लिम्बूको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक शिबसताक्षी ८ बस्ने २७ बर्षीय कबिन्द्र तामाङ नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button