तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ नगरपालिकाद्वारा बाहिरबाट तरकारी र फलफुल आयातमा प्रतिबन्ध

बारा । निजगढ नगरपालिकाले आफनो क्षेत्र भन्दा बाहिर उत्पादन भएको तरकारी र फलफुल आयातमा पुर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

नगर स्तरीय कोरोना भाईरस प्रकोप न्युनिकरण समन्वय तथा अनुगमन समितीको नगर प्रमुख सुरेश खनालको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निजगढ नगरपालिका क्षेत्र भन्दा बाहेक दक्षिणी सिमाना तथा संक्रमित क्षेत्रबाट तरकारी तथा फलफुल आयातमा पुर्ण रुपमा निषेध गरेको छ ।

अन्य क्षेत्रबाट खरिद गर्नुपर्दा बिल रसिद अनिवार्य बोक्नुपर्ने र खरिदको गरिएको ठाउँ गाडीमा स्पष्ट उल्लेख हुनुपर्ने प्रावधान ल्याएको छ । निषेधीत क्षेत्रबाट तरकारी तथा फलफुल खरिद गरिएमा दश हजार रुपैया जरिवाना गरी तरकारी पुर्ण रुपमा नष्ट गरिने नगरपालिकाले जनाएको छ ।

जोखिम न्युनिकरण बिधि अपनाउँदै सञ्चालन गर्न दिनु भनि स्वीकृत गरिएको उद्योग ,कलकरखाना र क्रसर उद्योगहरु सम्बन्धित ब्यवसायीसँग छलफल गरी संचालन गर्न दिने कोरोना भाईरस प्रकोप न्युनिकरण समन्वय तथा अनुगमन समितीले निर्णय गरेको छ ।

साथै नगरभित्रका खाद्य पसल, हार्डवेयर ,तरकारी पसल ,बैक तथा बित्तिय संस्थाहरु छ घण्टा खोल्न दिन आजको बैठकले निर्णय गरेको नगर प्रमुख खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button