तपाईँ सुन्दै हुनुहुन्छः

यूनिसेफद्वारा प्रदेश २ सरकारलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान

जनकपुरधाम । कोरोनाको महामारीवाट जोगिन तथा उपचारका आवश्यक पर्ने सामानहरु प्रदेश नंं २ सरकारलाई आज सेभ द चिल्ड्रेनलले विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

कोरोना भाईरसको संक्रमण नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले २ सय ६३ थान व्यक्तिगत सुरक्षा सामग्री तथा अत्यावश्यक अन्य स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।

प्रदेश नंं २ का समाजिक विकासमन्त्री नवल किशोर साहलाई ती सामाग्रीहरु हस्तान्तरण गरेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो । केही सामानहरु स्वास्थ्य संस्थालाई तोकेर युनिसेफले प्रदान गरेको सचिव डा. घिमिरेले जानकारी दिनु भयो ।

कार्यक्रममा स्वास्थ्य सामाग्री ग्रहण गर्दै प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले कोरोना नियन्त्रणमा संघ संस्थाले देखाएको तदारुकता प्रशंसा गर्दै यसले कोरोनाको लडाईमा मद्दत पुग्ने बताउनु भयो ।

उहाले यस्ता प्रकारको सहयोगले कोरोनाको संक्रमण रोक्न प्रदेश सरकारले सञ्चालन गरेको सवै अभियानमा सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो ।

सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फण्डको परियोजनाहरु अन्तर्गत उक्त सामाग्रीहरु उपलब्ध गराएको जनाएको छ । प्रदान गरिएको व्यक्तिगत सुरक्षा सामग्रीहरु विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको रहेको जानकारी गराएको थियो ।

ती सामाग्रीहर सेभ द चिल्ड्रेनका पूर्वाञ्चल फिल्ड कार्यालयका सह–निर्देशक डा. अजयकान्तले ती सामानहरु प्रदान गर्नु भएको थियो ।

उहाँले प्रदेश २ मा कोरोना संक्रमणको बढ्दो क्रममा रहेको पुष्टी भएसँगै धेरै मानिसहरुमा परिक्षण र उपचारको आवश्यकता भएकाले महामारीको नियन्त्रणका लागि सहयोग गर्ने उद्देश्यले प्रदेश सरकारलाई आवश्यक सामानहरु प्रदान गरेको जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button