तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा करेन्ट लागेर एक जना विद्युत् प्राधिकरणका कर्मचारी घाइते भएका छन् ।

बेलौरी नगरपालिका वडा नम्बर ६ रिछाहामा बिहिबार साँझ विद्युत् ट्रान्सफर्मर राख्ने क्रममा विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रका कर्मचारी समेत रहेका बेलौरी नगरपालिका वडा नम्बर ८ निवासी २४ वर्षीय दशी चौधरीलाई करेन्ट लागेको बताइएको छ ।

करेन्ट लागेर घाइते भएका चौधरीको थप उपचारका लागि कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा पठाइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button