तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा संक्रमित सम्पर्कका थप ३४ को रिपोर्ट नेगेटिभ

नेपालगन्ज । नेपालगन्जमा आज पिसिआर विधिबाट भेरी अस्पतालमा परिक्षण गरिएका ३४ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाहरु मध्ये हिजो संकलित १ सय ३६ स्वाब मध्ये आज पहिलो चरणमा परिक्षण गरिएका ३४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि पहिलो संक्रमित ब्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर ९४ जनाको स्वाब लिइएकोमा एउटै टोलका २२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती २२ जनाको सम्पर्कमा आएकाहरुको खोजी गर्दै स्वाब लिन थालिएको छ ।

मंगलबार संकलित सबै ५४ स्वाबको रिपोर्ट नेगेटिभ आएको थियो । हिजो संकलित १ सय २ स्वाबको रिपोर्ट आउन बाँकि छ ।

आज पनि खजुराको वडा नम्बर ७ सोनपुरबाट १७, विपी चोक क्षेत्रबाट ३० र खजुरा क्यान्सर अस्पतालबाट १ गरी ४८ जनाको स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button