तपाईँ सुन्दै हुनुहुन्छः

भीरमाहुरीले टोक्दा ३ बालबालिका बिरामी

तुलसीपुर । भीरमाहुरीको टोकाईबाट तुलसीपुरमा ३ जना बालबालिका बिरामी परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१८ आकासी निबासी ९ बर्षका शमिर वली, ८ बर्षकी निर्लजा खड्का र १५ बर्षका रबिन खड्कालाई डूरखेतमा बाख्रा चराउन गएको समयमा भीरमाहुरीले टोकेको स्थानीय छविलाल वलीले जानकारी दिनुभयो ।

भीरमाहुरीको टोकाईबाट बिरामी परेका बालबालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो । भीरमाहुरीले कयौं स्थानीयहरुलाई पनि टोकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button