तपाईँ सुन्दै हुनुहुन्छः

भिर माउरीले टोक्दा तुलसीपुरमा तीन बालबालिका बिरामी

तुलसीपुर । भीर माहुरीको टोकाइबाट तुलसीपुरमा तीनजना बालबालिका बिरामी परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ आकासी निबासी ९ बर्षका शमिर वली, ८ बर्षकी निर्लजा खड्का र १५ बर्षका रबिन खड्कालाई डूरखेतमा बाख्रा चराउन गएको समयमा भीर माहुरीले टोकेको स्थानीय छविलाल वलीले जानकारी दिनुभयो ।

भीर माहुरीको टोकाइबाट बिरामी परेका बालबालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो ।

भीर माहुरीले कयौं स्थानीयहरुलाई पनि टोकेको छ । माहुरीले करिब ढाई बजे टोके पनि लकडाउनका कारण ढिलो गरि अस्पताल आइपुगेको सूचना अधिकारी केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button